काठमाडौं । बुधबार तुलनामा आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको छ ।
बुधबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावल सुनको मूल्य बिहीबार ९१ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुनको मूल्य ९१ हजार एक सय रुपैयाँमा झरेको छ ।
चाँदीको मूल्यअघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँले घटेर एक हजार तीन सय ३५ रुपैयाँमा कयम भएको महासंघले जनाएको छ ।