• सोमबार, असोज १२ २०८३

कोरोना संक्रमणबाट पोखराका पत्रकार पौडेलको निधन


बिहिबार, बैशाख ३० २०७८
635
Shares

पोखरा । पोखराका पत्रकार गणेश पौडेलको कोरोना संक्रमणका कारण निधन भएको छ।

संक्रमणपछि गण्डकी मेडिकल कलेजमा उपचाररत पौडेलको आज निधन भएको हो।

पोखरा ३३ बागमरा निवासी ४० वर्षीय पौडेल एक साता अघि उपचारका लागि अस्पताल भर्ना भएका थिए।

पौडेल पोखराबाट ब्रोडकास्ट हुने गण्डकी टेलिभिजनका प्रबन्ध निर्देशक हुन्।

क्यामेरा पर्सन हुँदै पत्रकारितामा प्रवेश गरेका पौडेलसहितको टिमले संचालनक गरेको गण्डकी छड्के कार्यमक्रम चर्चित छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार