• सोमबार, असोज १२ २०८३

६०० थान अक्सिजन सिलिण्डर लिन नेपाल एयरलाइन्सको विमान ओमान जाने


बिहिबार, बैशाख ३० २०७८
520
Shares


काठमाडौं । गैरआवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्तहुने करिव ६०० थान अक्सिजन सिलिण्डर लिन नेपाल एयरलाइन्सको विमान ओमान जाने भएको छ ।

शनिबार ओमानको राजधानी मस्कटको लागि विमानले उडान भर्ने तयारी गरिरहेको नेपाल एयरलाइन्सका महाप्रवन्धक डिम प्रकाश पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार ओमनबाट फर्केर सोहीदिन साँझ चीनको बेईजिङमा संकलिक करिब ४०० थान अक्सिजन कन्सर्नटेटर, ४०० थान सिलिन्डर र अन्य चिकित्सा सामग्री लिन जाने तयारी नेपाल एयरलाइन्सको छ।

त्यसपछि हरेक दिन ५५० थान सिलिण्डर उत्पादन हुने भएकोले हरेक दिन नै ए ३३० विमान बेइजिङ पठाउने तयारी एयरलाइन्सले गरेको छ ।

अन्यत्र उपलब्ध हुन सक्ने सामानहरु ल्याउन निगमका सबै जहाजहरु तयारी अवस्थामा राखिएको पौडेलले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार