• बुधबार, साउन १३ २०८३

संक्रमितका लागि रेम्डेसिभिर औषधी आवश्यक परे गर्नुस् यी नम्बरमा फोन


बिहिबार, बैशाख ३० २०७८
540
Shares

काठमाडौं । कोरोना संक्रमितका लागि आवश्यक परे रेम्डेसिभिर औषधी मन्त्रालयले तोकिएका व्यक्तिसँग लिन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सम्बन्धित अस्पताल र चिकित्सकको प्रेस्क्रिप्सनसहित औषधी लिन जाने व्यक्तिको परिचय पत्र खुल्ने गरी रेम्डेसिभिरको आधिकारिक आयातकर्ता आयन हेल्थकेयरमा सम्पर्क राख्न सकिने बताएका छन्।

मन्त्रालयका सूचनामा कुपण्डोलस्थित युनएनपार्कमा रहेको हेल्थकेयरका डा अबुल अन्सारीको ९८००५५५९१०, सुवासको ९८१०१९४४१६, विमलको ९८४१५०६३७० र कमलको ९८५११२४६३९ मा सम्पर्क गर्न सकिने भनिएको छ।

हेल्थकेयरबाट प्रतिरेम्डेसिभिर रु चार हजार ९०० मा पाइने मन्त्रालयले जनाएको छ।

हेर्नुस् सूचना:

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार