• मंगलबार, कार्तिक २५ २०८३

सगरमाथा आरोहणका क्रममा दुई विदेशी आरोहीको मृत्यु


बिहिबार, बैशाख ३० २०७८
540
Shares


काठमाडौं । सगरमाथा आरोहणका क्रममा दुई जना विदेशी आरोहीको मृत्यु भएको छ।

स्वीजरल्यण्डका आरोही अब्दुल वारैच र अमेरिकी नागरिक पूवई लिउको आरोहणका क्रममा बुधबार मृत्यु भएको हो।

उनीहरू ट्राभल एजेन्सी सेभेन समिटबाट सगरमाथा आरोहणका लागि गएका थिए। दुबै जनाको मृत्यु भएको सेभेन समिटले पुष्टि गरेको छ।

सेभेन समिटका अनुसार अब्दुल सगरमाथा चुचुरोमा पुगेर फर्किने क्रममा थिए। उनले साउथ समिटमा अन्तिम सास फेरेका हुन्।

त्यस्तै पुवेई क्याम्प ४ मा समस्या देखिएको थियो। उनी हिलारी स्टेपसम्ममात्र पुग्न सकेका थिए। त्यहाँबाट फर्किने क्रममा उनको स्वास्थ्यमा समस्या देखिएको र अक्सिजनसहित गएका शेर्पाहरूले पनि बचाउन नसकेको सेभेन समिटले जनाएको छ।

यसपालिको बसन्त याममा सगरमाथामा आरोहीको मृत्यु भएको यो पहिलो पटक हो। बुधबार रातिसम्म १५० भन्दा धेरै आरोही सगरमाथाको चुचुरोमा पुगिसकेका छन्।

यो सिजनमा सगरमाथा आरोहणका लागि ४ सय भन्दा धेरैले अनुमति पाएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार