काठमाडौं । पछिल्लो २४ घण्टामा ९ हजार ३ सय ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३ सय ६२ पीसीआर र ४ सय २४ एन्टिजेन परीक्षणमा ९ हजार ३ सय ५ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १ सय ६८ जनाको मृत्यु भएको छ ।