• सोमबार, भाद्र २२ २०८३

सरकारले तोक्यो रेम्डेसिभिरको मूल्य र खरिद गर्ने पसल


बुधबार, बैशाख २९ २०७८
865
Shares

काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचारमा प्रयोग गरिने रेम्डेसिभिरको मूल्य र खरिद गर्ने पसल तोकेको छ।

रेम्डेसिभिर औषधि सम्बन्धित कोभिड अस्पताल वा ती अस्पतालमा उपचाररत संक्रमितका लागि आधिकारिक आयतकर्ता आयन हेल्थकेयर यूएनपार्कबाट खरिद गर्न सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

रेम्डेसिभिर प्रतिभायल ४ हजार ९ सय रुपैयाँका दरले खरिद गर्न सकिनेछ।

चिकित्सकको प्रिस्क्रिप्सनसहित औषधि लिन जाने व्यक्तिको परिचयपत्र आवश्यक पर्ने मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन्।

remdiciver mulya tokiyo

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार