• बुधबार, साउन १३ २०८३

ग्राण्डी अस्पतालले थप बिरामी भर्ना नगर्ने


बुधबार, बैशाख २९ २०७८
580
Shares


काठमाडौं । काठामडौंको धापासीस्थित ग्राण्डी अस्पतालले थप बिरामी भर्ना नगर्ने घोषणा गरेको छ । सरकारले दैनिक १०० सिलिन्डर अक्सिजन दिने गरेको जानकारी दिँदै अस्पतालले यसै कारण थप बिरामी भर्ना लिन नसक्ने बताएको हो ।

एक सूचना जारी गर्दै ग्राण्डी अस्पतालले कोरोना संक्रमितको उपचारमा अक्सिजनको मागअनुसर आपूर्ति हुन नसकेकोले नयाँ बिरामी भर्ना गर्न नसकिने अवस्था आएको बताएको हो ।

आवश्यकताअनुसार अक्सिजन उपलब्ध भएपछि मात्रै थप बिरामी भर्ना गर्न सकिने सूचनामा उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार