• मंगलबार, कार्तिक २५ २०८३

झण्डै ११ लाखसहित २५ जुवाडे पक्राउ


बुधबार, बैशाख २९ २०७८
625
Shares

काठमाडौं । काठमाडौंको सोह्रखुट्टेबाट झण्डै ११ लाखसहित २५ जुवाडे पक्राउ परेका छन्।

मंगलबार प्रहरीको टोलीले काठमाडौं महानगरपालिका——१६ स्थित सोह्रखुट्टेको फेवा दर्शन होटलबाट २५ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए।

होटल सञ्चालक पिताम्बर गौतमसहित २५ जनालाई महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले पक्राउ गरेको हो।

एसएसपी सिंहका अनुसार उनीहरूबाट प्रहरीले १० लाख ९० हजार बढी रुपैयाँसहित पक्राउ गरेको हो। उनीहरूबाट प्रहरीले क्यासिनोमा खेल्न प्रयोग गरिने क्वइनहरू समेत बरामद गरेको छ।

उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार