• सोमबार, असोज १२ २०८३

कोरोनाको त्रासले कुकुरलाई मास्क


बुधबार, बैशाख २९ २०७८
740
Shares

कोरोना भाइरसको बढ्दो संक्रमण झन् झन् भयावह बन्दै गएको छ । जसका कारण धेरै मानिस आफूमात्र नभई आफ्ना घरपालुवा पशुपंक्षीको पनि सुरक्षा गर्न थालेका छन् ।

मानिसले रहरले पालेका घरपालुवाको सुरक्षा गर्नु स्वभाविक हो । यसैबीच सामाजिक सञ्जालमा एक यस्तो भिडियो भाइरल बनेको छ जहाँ एक व्यक्तिले आफ्नो पाल्तु कुकुरकालागि देखाएको प्रेमले सबैको ध्यान आकृष्ट गरेको समाचार खबरहबमा प्रकाशित छ ।

भारतको भिडियोमा एक गरीब व्यक्ति आफ्नो काँधमा कुकुरलाई मास्क लगाएर बोकेर हिडिँरहेका छन् । उनले कोरोना भाइरसको संक्रमणबाट बचाउन यसोगरेका बताएका छन् ।

उनलाई एक व्यक्तिले सोध्छन् कुकुरलाई काँधमा बोकेर किन हिडेको ? यसको जवाफमा उनले भनेका छन् म मर्छु तर यसलाई केही हुन दिन्न ।

भिडियो हेर्नुहोस् 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार