• सोमबार, असोज १२ २०८३

गोरखाका थप एक संक्रमित युवकको मृत्यु


बुधबार, बैशाख २९ २०७८
565
Shares

गोरखा । कोरोना संक्रमणबाट गोरखाका एक युवकको पोखरामा मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोरखा नगरपालिका वडा नं. १२ दश किलोका ३२ वर्षका युवक रहेका छन् ।

उपचारको क्रममा आज (बुधबार) बिहान उनको चरक अस्पताल पोखरामा मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाले जानकारी दिए ।

गत वैशाख २५ गते गोरखा अस्पतालको फिभर क्लिनिकमा एन्टिजेन परिक्षण गर्दा रिर्पोट पोजेटिभ आएका हो ।

शरिरमा अक्सिजनको मात्रा कम हुदैँ गएपछि गोरखा अस्पतालले उनलाई चरक अस्पताल रिफर गरेको थियो ।

उनको सम्पर्कमा आएकाहरुको स्वाब संकलन गर्ने तयारी भई रहेको नगरपालिकाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार