काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढेसँगै रोकिएको कोभिड विरुद्धको खोपको दोस्रो चरण सुरु हुने भएको छ ।
काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु सहभागी भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रै (डीसीएमसी) ले आगामी जेठ २ गतेदेखि काठमाडौं उपत्यकामा कोभिड विरुद्धको दोस्रो चरणको खोप (भेरोसिल्ड) लगाउन सम्बन्धित निकायसँग अनुरोध गर्ने निर्णय गरेको हो ।