• सोमबार, असोज १२ २०८३

ट्याक्सी दुर्घटना हुँदा २ को मृत्यु, एक घाइते


बुधबार, बैशाख २९ २०७८
685
Shares


बागलुङको ढोरपाटन नगरपालिका–५ मा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्।

बुर्तिबाङबाट ढोरपाटनतर्फ जाँदै गरेको ध१ज ५२८ नम्बरको ट्याक्सी ढोरपाटन नगरपालिका–५ प्याङखोलास्थित घुम्तीमा मंगलबार बेलुकी दुर्घटना भएको हो।

ट्याक्सी दुर्घटना हुँदा चालक ३५ वर्षीय ढालबहादुर थापा र ढोरपाटन नगरपालिका–५ का ४० वर्षीय जोकबहादुर विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका इन्चार्ज प्रहरी निरीक्षक जयराम वन्तले बताए।

दुर्घटनाको कारण भने खुल्न सकेको छैन।

दुर्घटनामा सोही स्थानकी ३८ वर्षीया रतिकला विक घाइते भएको वन्तको भनाइ छ।

घाइते विकलाई उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीको भनाइ छ। रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार