• बुधबार, साउन १३ २०८३

वडा—वडामा पुगेर पिसिआरको नमुना स‌ंकलन गर्दै बारपाक सुलिकोट, कुन वडामा कहिले ?


बुधबार, बैशाख २९ २०७८
550
Shares

गोरखा । कोरोना भाइरसको दोस्रो लहरको जोखिम बढुदै गएसंगै गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले सबै वडामा पिसिआर गर्ने भएको छ ।

गाँउपालिकाले मंगलबार एक सुचना प्रकाशित गर्दै पालिका भित्रका प्रत्येक वडामा पुगेर छिमेकी देश भारत, अन्य मुलुकबाट आएका र कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाहरुको स्वाब संकलन गर्न लागेको जानकारी दिए ।

कोरोनाको जोखिम बढेसँगै रोकथाम र न्यूनिकरणका लागि बैशाख २९ गतेदेखि जेठ १ गतेसम्म सबै वडामा पिसिआर जाँच गर्न लागिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत इश्वरी पनेरुले बताए । कार्यालयले पिसिआरको नमुना संकलनका लागि कार्य तालिका नै सार्वजानिक गरेको छ ।

कार्य तालिका अनुसार आज वडा नम्बर ४ को सौरपानी स्वास्थ्य चौकी र ५ को ताकुमाझ लाकुरीबोट स्वास्थ्य चौकीमा स्वाव संकलन गर्ने जनाइएको छ ।

त्यस्तै वडा नम्बर ७ र ८ को पाँचखुवा देउराली वडा कार्यालयमा, वडा नं. ६ को ताकुकोट वडा कार्यालयमा ३० गते पिसिआरको नमुना संकलन गरिनेछ ।

This image has an empty alt attribute; its file name is new-alam-auto-workshop-2.gif

यसैगरी वडा नम्बर ३ को स्वाँरा वडा कार्यालयमा ३१ गते र वडा नम्बर १ र २ को बारपाक बसपार्कमा जेठ १ गते पिसिआरका लागि स्वाब लिईने निमित्त प्रमुख प्रशासकीय अधिकृत पनेरुले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार