• बुधबार, साउन १३ २०८३

कसिन्थोकका पौडेलले गरे स्वास्थ्य सामाग्री सहयोग


मंगलबार, बैशाख २८ २०७८
535
Shares

गोरखा । गोरखाको भिमसेनथापा गाउँपालिका वडा नं ५ को कसिन्थोक टोल विकास संस्थाका अध्यक्ष कुबिर पौडेलले स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ।

कोरोना भाइरसको दोस्रो लहरले आक्रान्त बनाइरहेको अवस्थामा आफ्नो टोलमा रहेका ६५ घरधुरीलाई स्वास्थ्य सामाग्री सहयोग गरेका हुन् ।

उनले सहयोग स्वारुप प्रत्येक घरधुरीलाई १ पाकेट मास्क, १०० एम.एल स्यानिटाइजर, २ पाकेट हातधुने साबुन लगायतका सामाग्री वितरण गरिएको जानकारी दिए ।

No description available.

दिन प्रतिदिन बढिरहेको संक्रमणको जोखीमलाई मध्यनजर गर्दै केही मात्रमा भए पनि सहज हुने भन्दै आफ्नो टोलमा स्वास्थ्य मापदण्ड अपनाउनका लागि उक्त सामाग्रि वितरण गरिएको अध्यक्ष पौडेलले बताए ।

No description available.

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार