• बुधबार, साउन १३ २०८३

पूर्वराजा ज्ञानेन्द्रले जिते कोरोना


मंगलबार, बैशाख २८ २०७८
580
Shares

Nepal Former King

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्रमणमुक्त भएका छन्।

संक्रमणमुक्त भएसँगै उनी सामान्य अवस्थामा फर्किसकेको उपचारमा संलग्न नर्भिक इन्टरनेशनल अस्पतालका फिजिसियन एन्ड कार्डिओलोजिष्ट डा.जेपी जैसवालले बताए।

उनीसँगै पूर्वरानी कोमल शाह पनि स्वास्थ्यलाभ हासिल गरिरहेकी छिन्। उनलाई गत शुक्रबार नै आइसियूबाट साधारण बेडमा सारिएको थियो।

उनलाई अहिले प्रतिमिनेट तीन लिटरसम्म अक्सिजन दिइरहनु परेको छ। उनी पनि केही समयमै साधारण जीवनमा फर्किने जैसवालले बताए।

पूर्वरानी शाहको मंगलबार स्वाब संकलन गरी पठाइएको छ। पूर्वअधिराजकुमारी प्रेरणा पनि संक्रमणमुक्त भइसकेकी छिन्। ‘उहाँहरू सबैलाई एकैपटक डिस्चार्ज गर्ने हाम्रो तयारी छ,’ जैसवालले भने।

पूर्वरानी शाह ठिक भएपछि उनीहरू एकैपटक घर फर्कने छन्।

गत वैशाख ७ गते पूर्वराजा—रानी कोरोना संक्रमण भएपछि नर्भिक अस्पताल भर्ना भएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार