• सोमबार, असोज १२ २०८३

गोरखा बजारमा अनुगमन : अधिकाशं पसलहरुमा म्याद सकिएका पेय पदार्थ


मंगलबार, बैशाख २८ २०७८
735
Shares

गोरखा । गोरखा बजार क्षेत्रका अधिकाशं पसलहरुमा म्याद सकिएका पेय पदार्थ फेला परेका छन् ।

कोरोना संक्रमणको दास्रो लहरले जनजीवन ग्रसित बनाएको बेला कालो बजारी नहोस भनेर सरकारी तथा सरोकारवालाहरुले आज (मंगलबार) संयुत्त रुपमा बजार अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा बजार क्षेत्रका अधिकाशं पसलहरुमा म्याद सकिएका पेय पदार्थहरु फेला परेको अनुगमन जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत गणेशप्रसाद भट्टराईले बताए ।

प्रशासन कार्यालयले महामारीको बेला बजारमा दैनिक उपभोग्य बस्तुको अवस्था र मुल्यका बिषयमा अनुगमन गर्नुका साथै बिक्री गर्न राखिएका सामानहरुको उपभोग्य मितिको पनि अनुगमन गरिएको अधिकृत भट्टराईले जानकारी दिए ।

घरेलु तथा साना उद्योग बिकास समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, गोरखा नगरपालिका, खाद्य कम्पनी र उद्योग बाणिज्य संघका प्रतिनिधिहरुले गरेको अनुगमनका क्रममा फेला परेका म्याद सकिएका पेय पदार्थहरु बरामद समेत गरिएको छ ।

२१ वटा तरकारी, माछामासु, किराना र थोक बिक्रेताको अनुगमनमा खाद्य र अखाद्य बस्तु मिसावट गरि राखीएको, किराना पसलको सामान संग रक्सी तथा पशु पंक्षिले खाने दाना संगै राखेको, ठुला व्यापारीका गोदामहरु अत्याधिक फोहर भएको पाईएको अनुगमनमा सहभागी एक प्रतिनिधीले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार