• सोमबार, असोज १२ २०८३

काठमाडौं उपत्यकामा थप दुई साता निषेधाज्ञा


मंगलबार, बैशाख २८ २०७८
835
Shares


काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप दुई साता थप्ने निर्णय भएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार अब हुने निषेधाज्ञामा अत्यावश्यकबाहेकका कार्यालयसमेत बन्द गरिने छ।

होटल र पार्टी प्यालेसमा हुने विवाहमा पनि रोक लगाइएको पराजुलीले बताए। काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेधाज्ञाको दायरा फराकिलो पार्ने निर्णय गरेको हो।

पराजुलीका अनुसार अत्यावश्यक सामग्री खरिदमा भीडभाड भएकाले बिहान १० बजेसम्म खुला गरिने भएको छ। यसअघि ९ बजेसम्म मात्र खुला गर्न दिइएको थियो।

यस्तै, अत्यावश्यकबाहेक कामका सरकारी तथा अन्य कार्यालयहरू पनि बन्द गर्ने निर्णय गरिएको पराजुलीले बताए।

यस्तै, राष्ट्रिय महत्वका विकास आयोजनाबाहेकका सबै विकास निर्माणसँग सम्बन्धित काम पनि बन्द गरिने छन्। त्यस्ता काममा आवासीय रूपमा खटिएर काम गर्नेलाई मात्र छुट दिइने पराजुलीले बताए।

काठमाडौं उपत्यकामा यसअघि जारी दुई साताको निषेधाज्ञा समय बुधबार राति १२ बजे सकिँदैछ।

त्यसको पूर्वसन्ध्यामा सिडिओहरूको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय लिएको हो। कोरोना महामारीको दोस्रो लहर चलिरहँदा यसको रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार