
गोरखा । गोरखा नगरपालिकामा आज थप २३ जनामा कारोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
नगरपालिकाका स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार मंगलबार थप २३ जनामा संक्रमण पुष्टि भएको हो ।

पालिका भित्रका विभिन्न वडामा गरी उक्त संख्यामा संक्रमित थपिएको नगरपालिकाका जनस्वास्थ्य निरिक्षक निश्चल अर्यालले जानकारी दिए ।
संक्रमित मध्ये ९ जना महिला तथा १४ जना पुरुष रहेको निरिक्षक अर्यालले बताए ।
