• सोमबार, असोज १२ २०८३

चीनको नयाँ जनसंख्या १ अर्ब ४१ करोड २० लाख


मंगलबार, बैशाख २८ २०७८
875
Shares

एजेन्सी । चीनले मंगलबार गत वर्ष गरिएको जनगणनाको तथ्यांक सार्वजनिक गरेको छ।

चीनको राष्ट्रिय तथ्यांक विभागका अनुसार गत वर्ष चीनको जनसंख्या १ अर्ब ४१ करोड २० लाख पुगेको छ। यसअघि सन् २०२० मा चिनियाँ जनसंख्या घटेको भन्दै केही रिपोर्टहरू आए पनि तथ्यांक विभागले २०२० मा पनि जनसंख्या बढेको जनाएको छ।

सन् २०१० मा गरिएको चीनको छैठौं राष्ट्रिय जनगणनाभन्दा अहिले चिनियाँ जनसंख्या ५.३८ प्रतिशतले बढेको छ। यो दशकको वार्षिक वृद्धिदर ०.५३ प्रतिशत रहेको छ।

सन् २००० देखि २०१० मा चिनियाँ जनसंख्या वार्षिक रूपमा ०.५७ प्रतिशतले बढेको थियो। केही दम्पतीहरूले बच्चा नजन्माउने क्रम सुरू भएकाले वार्षिक वृद्धिदर घटेको हो।

चीनले ३१ प्रान्त, केन्द्र सरकारमातहत रहेका स्वशासित क्षेत्र र नगरपालिकाको जनसंख्यालाई राष्ट्रिय जनगणनामा समेट्ने गरेको छ। हङकङ, मकाउ र ताइवानको जनसंख्या यसमा समावेश हुँदैन।

विभागले गत वर्ष चीनमा कति बच्चा जन्मिए भन्ने विवरण दिएको छैन। तर २०१९ मा भने १ करोड ४६ लाख बच्चा जन्मिएका थिए। यो संख्या सन् १९६१ पछिकै सबैभन्दा न्यून जन्मदर हो।

नयाँ जनगणनाअनुसार चीनमा १४ वर्षमुनिका बच्चाहरूको संख्या बढेर कूल जनसंख्याको १७.९५ प्रतिशत पुगेको छ भने १५५९ वर्षका मानिसको संख्या सन् २०१० भन्दा ६.७९ प्रतिशतले घटेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार