• सोमबार, असोज १२ २०८३

ट्रकले ठक्कर दिँदा श्रीमान—श्रीमतीको मृत्यु


मंगलबार, बैशाख २८ २०७८
655
Shares


ट्रकले साइकललाई ठक्कर दिँदा मंगलबार बिहान सप्तरीमा दुई जनाको ज्यान गएको छ।

साइकलमा सवार सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका३ पोर्ताहाका ४५ वर्षीय सत्यनारायण मण्डल र उनकी श्रीमती ४० वर्षीया सुनितादेवी मण्डलको मृत्यु भएको हो।

पूर्वतर्फ जाँदै गरेको ना६ख २८६१ नम्बरको ट्रकले पूर्वपश्चिम राजमार्गमा साइकललाई बिहान साढे ६ बजे ठक्कर दिएको सप्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव काफ्लेले बताए।

दुबै जनालाई उपचारका लागि भारदह लैजाने क्रममा मृत्यु भएको काफ्लेले बताए।

शव पोष्टमार्टमका लागि राजविराज लगिएको छ। ट्रक र चालक प्रहरीको नियन्त्रणमा छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार