• बुधबार, साउन १३ २०८३

गोरखामा अक्सिजन सिलिण्डर खाेज्दै प्रहरी, साेमबार मात्रै ७१ थान जम्मा गरियाे


मंगलबार, बैशाख २८ २०७८
685
Shares

गोरखा । काेराेना भाइरसकाे दाेस्राे लहरकाे जाेखिम बढ्दै जादा अस्पतालहरुमा अक्सिजनकाे अभाव हुन थालेपिछ गोरखामा प्रशासनले अक्सिजन सिलिण्डर खाेज्न सुरु गरेकाे छ। जसअनुसार साेमबार प्रहरीले ७१ थान अक्सिजन सिलिण्डर जम्मा गरेको छ ।

गोरखा सदरमुकाम र आसपास क्षेत्रमा सञ्चालनमा रहेका बिभिन्न उधाेग, कलकारखाना, ग्यारेज लगायतबाट उक्त संख्यामा सिलिण्डर संकलन गरिएकाे जिजल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले जानकारी दिए ।

कोरोना संक्रमितको उपचारमा प्रयोग नभएका सिलिण्डर मेडिकलहरुबाट पनि लिइएको डिएसपी दाहालले बताए ।

प्रहरीले कसको कति केजीको सिलिण्डर हो भन्ने रेकर्ड राखेर माग्ने नभए जफत गर्ने जनाएको छ । त्यसरी संकलन भएको सिलिण्डर गोरखा अस्पताललाई बुझाउने प्रहरीले जनाएको छ ।

सोमवार बिहान बसेको कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले उपचार बाहेकमा प्रयोग हुने सिलिण्डर बुझाउन सुचना पनि जारी गरेको थियाे । कोरोनाको जोखिम बढेको र अक्सिजनको माग धेरै भएकाले सिलिण्डर खोजी भएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार