• सोमबार, असोज १२ २०८३

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु


सोमबार, बैशाख २७ २०७८
500
Shares

काठमाडौं । टिपरले स्कुटरलाई ठक्कर दिंदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक भक्तपुर सूर्यविनायक नगरपालिका–८ जगातीका ४० वर्षीय राजाराम सुवाल छन् ।

आइतबार राति अरनिको राजमार्गमा जगातीबाट सूर्यविनायकतर्फ जाँदै गरेको लु २ ख ४५८८ नम्बरको टिपरले विपरीत दिशातर्फ आउँदै गरेको बागमती प्रदेश–०२–०२४ प १६८४ नम्बरको स्कुटरलाई ठक्कर दिंदा उक्त दुर्घटना भएको हो ।

टिपरको ठक्करबाट गम्भीर घाइते भएका सुवालको अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिपर चालक लमजुङ बेंसीशहर गाउँपालिका–११ घर भई काभ्रेको बनेपा बस्ने ३५ वर्षीय टार्जन गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार