• बुधबार, साउन १३ २०८३

संक्रमितको दर बढ्न थालेसँगै आरुघाटमा ५ वटा एम्बुलेन्स ‘स्ट्याण्डबाई’


सोमबार, बैशाख २७ २०७८
620
Shares

मेलिना बराम, गोरखा । जिल्लाको आरुघाट गाँउपालिकाले कोभिडको जोखिम बढेको भन्दै मध्येनजर गर्दै पाँच वटा एम्बुलेन्स ‘स्ट्याण्डबाई’ राखेको छ

कोरोना संक्रमणको दोस्रो लहर सुरु भए सँगै संक्रमितको संख्या बढ्दै गएकाले पालिकाले पाँच वटा एम्बुलेन्सलाई ‘स्ट्याण्डबाई’ राखेको हो ।

पाँच वटा एम्बुलेन्स मध्ये तीन वटा स्वास्थ्य संस्थाद्रारा सञ्चालनमा रहेका तथा बाँकी दुई वटा निजी र सहयोग स्वरुप प्रप्त भएको हो ।

पालिका भित्र अहिले सक्रिय संक्रमितको संख्या ४३ जना रहेका छन् ।

ती मध्ये ३ जना अस्पताल भर्ना भएको र बाँकी सबै होमआइसोलेसनमा रहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव खनालले सिभिलखबर जानकारी दिए ।

‘हामीले जिल्ला भन्दा बाहिरबाट आउनेको सूचना प्रप्त भए अनुसार वडामै गएर स्वाब लिने काम गरिरहेका छौं ।’ उनले भने ‘संक्रमितहरुको पनि स्वास्थ्य अवस्था बारे जानकारी लिइ रहेको र लिने काम भइरहेको छ । ’

प्रमुख प्रशासकीय अधिकृत खनालका अनुसार अहिले पालिकामा बिरामीका लागी पाँच श्यायको अस्पताल समेत रहेको बताए ।

तर भेन्टिलेटर, आइसियू तथा अक्सिजन अभावको कारणले जटिल अवस्था भएका बिमारीलाई उपचारका लागी बहिर पठाउनु पर्ने बध्यता रहेको गुनासो समेत गरेका छन् ।

‘पालिकाले कोरोना नियन्त्रण तथा रोकथामका कार्यलाई प्रथामिकतामा राखेर काम गरिरहेको छ’ उनले भने ‘शंका लागेका व्यक्तिहरुको कन्ट्यक ट्रेसिङ गरेर स्वाब संकलनको कामलाई पनि तिब्रता दिई रहेका छौं । ’

पालिका भित्र जनचेतनाका कार्यक्रमहरु पनि गर्दै आएको उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार