काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको स्वास्थ्य जटिल बन्दै गएको छ ।

दाहाल लामो समयदेखि जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी पी एस पी बाट पीडित छिन् ।
पारिवारिक स्रोतका अनुसार उनलाई पाइपबाट हल्का खाना खुवाउने गरिएको छ ।
उनलाइ यसअघि अमेरिका, सिंगापुर र भारतका विभिन्न अस्पतालमा लगेर उपचार गराइसकिएको छ । भने यही वैशाख दोस्रो साता उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पतालले तीन दिनपछि डिस्चार्ज गरेपछि उनी हाल खुमलटारस्थित निवासमै छिन् ।
