• बुधबार, साउन १३ २०८३

गण्डकी प्रदेशमा थप दुई संक्रमितको मृत्‍यु


सोमबार, बैशाख २७ २०७८
560
Shares


काठमाडौं । गण्डकी प्रदेशमा थप दुईजना कोरोना संक्रमितको मृत्‍यु भएको छ । मृत्‍यु हुनेमा म्‍याग्दी र पर्वतका एक/एक जना रहेका छन् ।

म्‍याग्दी अन्नपूर्ण गाउँपालिकाका ७२ वर्षीय कोरोना संक्रमित पुरूषको बेनी अस्पतालमा उपचारको क्रममा वैशाख २६ गते दिउँसो ३ बजे मृत्‍यु भएको छ । उनलाई २६ गते नै कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै पर्वत कुश्मा नगरपालिका—४का ६७ वर्षीय पुरूषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वैशाख २७ गते विहान ७ः१० बजे मृत्‍यु भएको छ। उनलाई वैशाख २२ गते कोरोनजा संक्रमण पुष्टि भएको थियो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्‍यु हुनेको संख्या २ सय ६५ पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार