
गोरखा । गोरखा अस्पतालमा कोभिडका बिरामीले भएका शैया भरिएका छन् ।
कोरोना भाइरसका संक्रमितका लागि सात शैया क्षमता रहेको गोरखा अस्पतालमा हाल ११ जना कोभिडका लक्षण भएका बिरामी रहेको अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले सिभिलखबरलाई जानकारी दिए ।

सात जनालाई आइसाेलेसन वार्ड भित्र, अन्यलाई टेण्टभित्र बेड राखेर र टेण्टमा समेत नअटेकालाई बाहिर खुल्ला रुपमा बेन्चमा अक्सिजन दिनु पर्ने बाध्यता रहेकाे उनले बताए ।
