• मंगलबार, असोज १३ २०८३

स्रोत नखुलेको साढे १७ लाख भारुसहित एक पक्राउ


सोमबार, बैशाख २७ २०७८
515
Shares


स्रोत नखुलेको भारतीय रकमसहित बर्दियाबाट एक जना पक्राउ परेका छन्।

राजापुर नगरपालिका—४ सत्तीघाटबाट कैलाली टिकापुर नगरपालिका—१ का २९ वर्षीय गोपाल चौधरी पक्राउ परेका हुन्।

उनको साथबाट १७ लाख ५० हजार रुपैयाँ भारु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

आइतबार कैलालीबाट राजापुर आउँदै गरेको सु.प.प्र. ०१००८ प ८१४५ नम्बरको मोटरसाइकलबाट रकम बरामद गरिएको प्रहरीले जनाएको छ।

चौधरीले बोकेको कालो रंगको झोलाभित्र प्लाष्टिकको दुई वटा पोकामा रकम भेटिएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए।

पक्राउ परेका चौधरीलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय बाँके पठाइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार