• मंगलबार, असोज १३ २०८३

एसईई र कक्षा १२ को परीक्षा स्थगित


सोमबार, बैशाख २७ २०७८
590
Shares


काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ ।

बोर्डको आज (सोमबार) बिहान बसेको भर्चुअल बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

बोर्डले यसअघि नै एसईईको जेठ १३ र कक्षा १२ को जेठ २६ गतेबाट परीक्षा लिने तालिका सार्वजनिक गरेको थियो ।

अबको १५ दिनभित्र बोर्डका सदस्यहरुले परीक्षा मोडल तयार गरेर बोर्डलाई बुझाउनुपर्ने र त्यही अनुसार परीक्षा मोडल सार्वजनिक गर्ने बोर्डको निर्णय गरेको बोर्डका अध्यक्ष डा.चन्द्रमणि पौडेलले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार