काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ४ हजार १ सय ९८ जना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा ३ हजार १ सय ६१, भक्तपुरमा ५ सय ४ र ललितपुरमा ५ सय ३३ संक्रमित थपिएका हुन्।
देशभर भने पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ५० संक्रमित थपिएका छन्। त्यस्तै ४ हजार २२ जना निको भएका छन्। यस अवधिमा देशभर ५२ जनाको मृत्यु भएको छ।
हाल देशभर ८८ हजार १ सय ६० जना सक्रिय संक्रमित छन्। संक्रमितमध्ये ८ सय ३२ जना आइसियू कक्षमा छन्, तीमध्ये पनि २ सय ६७ जना भेन्टिलेटरको सहायतामा छन्।
