• बुधबार, साउन १३ २०८३

आइतबार थपिए ८ हजार ८ सय ५० कोरोना संक्रमित, ५२ जनाको मृत्यु


आइतबार, बैशाख २६ २०७८
630
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार सय ८७ पीसीआर परीक्षणमा ८ हजार ७ सय ७७ जना र ५०६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८ सय ५० पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । तर विभिन्न मितिमा कोरोना संक्रमणका कारण मृत्यु भएका २६ जना यसअघि सरकारी तथ्यांकमा समावेश नभएका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

आइतबार देशभर गरी ८८ हजार १ सय ६० जना सक्रिय संक्रमित रहेका छन् ।

जसमध्ये ८१ हजार ४ सय ३० जना होम आइसोलेसनमा र ६ हजार ७ सय ३० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार