• बुधबार, साउन १३ २०८३

गोरखामा आजै थपिए एक सय जना कोरोना संक्रमित, कुन पालिकामा कति ?


आइतबार, बैशाख २६ २०७८
1.3K
Shares

गोरखा । गोरखामा आज (आइतबार) एकैदिन एक सय जना कोरोना संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज दुई पटक गरी जारी गरेको विज्ञप्ति अनुसार जिल्लामा एकै दिन एक सय जनामा संक्रमण पुष्टि भएको हो ।

जिल्लाको भिमसेन थापा, शहिद लखन, पालुङटार र गोरखा नगरपालिकामा गरी आज एक सय जना संक्रमित थपिएका हुन् ।

आज थपिएका संक्रमित मध्ये ४५ जना गोरखा नगरपालिकाका रहेका छन् ।

पालिकाको विभिन्न वडामा गरी आज थप ४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाका कोभिड फोकल पर्सन नारायण बाबु अर्यालले जानकारी दिए ।

यसै गरी आज पालुङटार नागरपालिकामा १३ जना, भिमसेन थापाका ३१ जनामा पनि संक्रमण पुष्टि भएको फोकल पर्सन अर्यालले बताए ।

यस्तै आजै शहिद लखनका ११ जनामा समेत संक्रमण पुष्टि भएको बताइएको छ ।

संक्रमित सबैको कन्ट्यक ट्रेसिङको आधारमा पहिचान भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार