खुँडा प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा दाङमा एक जना पक्राउ परेका छन्।

गढवा गाउँपालिका वडा नं. २ का ४० वर्षीय धनिराम चौधरीले ४३ वर्षीय श्रीमती सीता चौधरीलाई खुँडा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रशाद रिजालले जानकारी दिए ।
बिहान पौने १० बजेतिर चौधरीले घरमै खुँडा प्रहरी गरी श्रीमतीलाई गम्भीर घाइते तुल्याएको र उपचारका लागि लमही अस्पताल ल्याउँदै गर्दा ११ बजेतिर बाटोमै मृत्यु भएको डिएसपी रिजाले बताए ।
खुँडा प्रहार गर्ने चौधरीलाई नियन्त्रण लिइएको प्रहरीले जानकारी दिएको छ ।
