काठमाडौं । नेपाली बजारमा कारोबारको पहिलो दिन सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको छ ।

शुक्रबार प्रतितोला ९१ हजार ७ सय रूपैयाँ कोरोबार भएको सुन आइतबार ९१ हजार ८ सय कायम भएको छ । यस्तै आज चादीँ १३ सय ४५ मा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ३१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
