• मंगलबार, असोज १३ २०८३

अभिनेत्री पूजा र आँचलको ‘धारै नखोली’ (भिडियो)


आइतबार, बैशाख २६ २०७८
1.9K
Shares

काठमाडौं । नेपाली सिनेमाका तीन चर्चित अनुहार अभिनेत्री पूजा शर्मा र आँचल शर्माका साथमा नायक आकाश श्रेष्ठ एउटै भिडियोमा देखिएका छन्।

समिक्षा अधिकारी र रोशन अधिकारीको स्वरमा समावेश ‘धारै नखोली’ बोलको गीतमा यी कलाकार एकै ठाउँमा देखिएका हुन्। भिडियोमा गायक रोशनले पनि अभिनय गरेका छन्।

यो गीतमा दिनेश राज पुरीको शब्द र अर्जुन पोखरेलको संगीत रहेको गीतको भिडियो निर्देशक विधान कार्की हुन्।

भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन छ।

डान्सिङ नम्बरको यस गीतको भिडियो हाल ट्रेन्डिङमा छ। गीतको भिडियो डिभाइन म्युजिकको युट्युब च्यानलबाट अपलोड गरिएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार