• मंगलबार, असोज १३ २०८३

गोली प्रहारबाट अमेरिकामा एक नेपाली युवाको मृत्यु


आइतबार, बैशाख २६ २०७८
750
Shares

काठमाडौं । अमेरिकामा गोली प्रहार हुँदा एक नेपालीको मृत्यु भएको छ। शनिबार मेरील्याण्ड राज्यमा भएको गोली प्रहारबाट एक नेपालीको मृत्यु भएको हो।

गोली प्रहारबाट संखुवासभाको खाँदबारी ६ तल्लो पांगाका सागर घिमिरेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। गोलीप्रहारसँगै त्यहाँ आगजनीसमेत भएको छ।

घिमिरे एक विद्यार्थी हुन्। उनका काका कप्तान घिमिरेका अनुसार उनले केही समय अघिमात्र साउथ क्यारोलाइनास्थित क्लिफ्टन विश्वविद्यालयबाट कम्प्युटर साइन्समा स्नातक गरेका थिए।

आगजनी तथा गोली प्रहारबाट घिमिरेसहित ४ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले जनाएका छन्। एजेन्सी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार