• मंगलबार, असोज १३ २०८३

मादक पदार्थ सेवन गरेर कुटपिट गर्दा एकको मृत्यु


आइतबार, बैशाख २६ २०७८
785
Shares


मादक पदार्थ सेवनपछि भएको विवादका क्रममा ओखलढुंगामा एक वृद्धको मृत्यु भएको छ।

साथीको कुटाइबाट खिजिदेम्बा गाउँपालिका–१ रगनीको आरुबोटका ६० वर्षीय महेशकुमार खड्काको मृत्यु भएको हो।

शनिबार बेलुका करीब ८ः४५ बजे स्थानीयवासी ५० वर्षीय प्रेमबहादुर सुनुवार र खड्काबीच मादक पदार्थ सेवन गरी कुटाकुट हुँदा खड्काको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए।

प्रहरीका अनुसार सुनुवारले खड्काकै घरमा आएर कुटपिट गरेका थिए। दुवै जनाले मदिरा सेवन गरेका थिए।

घरैमा आएर सुनुवारले हत्या गरेको गरेको भन्दै खड्काका परिवारले कारवाहीको माग गरेका छन्। शव परीक्षण गर्ने तयारी भइरहेको छ।

कुटाकुटका क्रममा सुनुवारसमेत घाइते भएकाले स्थानीय क्लिनिकमा उपचारपश्चात् इलाका प्रहरी कार्यालय खिजिफलाटेले नियन्त्रणमा लिएको छ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार