• मंगलबार, असोज १३ २०८३

नेमार सन् २०२५ सम्म पीएसजीमै रहने


आइतबार, बैशाख २६ २०७८
735
Shares

काठमाडौं । ब्राजिलिएन स्टार नेमार जुनिएर फुटबल क्लब बार्सिलोनामा पुनः अनुबन्ध हुने सम्भावना टरेर गएको छ।

बार्साले नेमारलाई ल्याउने चाहना देखाइरहँदा नेमार पीएसजीमै खुशी देखिएका हुन्।

नेमारले पीएसजीसँग थप चार वर्षको लागि सम्झौता गरेको मार्काले जनाएको छ।

नेमार र पीएसजीबीच सन् २०२५ सम्मको सम्झौता भएको हो। नेमार पीएसजीमा आएसँगै उनले क्लबलाई १० उपाधि दिलाउन मद्दत गरेका छन्। यद्यपी च्याम्पियन्स लिग भने उनले जिताउन सकेका छैनन्।

गत सिजन च्याम्पियन्स लिगको फाइनलमा बायर्न म्युनिखसँग पराजित पीएसजी यस सिजन भने सेमिफाइनलमा म्यानचेस्टर सिटीसँग पराजित भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार