गोरखा । गोरखामा आज आइतबार एकै दिन ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाको भिमसेन थापा, शहिद लखन र पालुङटार नागरपालिकामा गरी थप ५५ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु मध्ये पालुङटार नागरपालिकाका ८ महिला तथा ५ पुरुष गरी १३ जना शहिद लखनका ४ महिला र ७ पुरुष गरी ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाका कोभिड फोकल पर्सन नारायण बाबु अर्यालले जानकारी दिए ।


बाँकी ३१ जना सबै भिमसेन थापा गाँउपालिकाका रहेको कोभिड फोकल पर्सन अर्यालले बताए । जस मध्ये १३ जना महिला र १८ जना पुरुष रहेका छन् ।
