पोखरा । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप ११ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा पोखरा महानगर १७ का ५३ वर्षीय पुरूषको वैशाख २६ गते बिहान ५ः३५ बजे साथै रुपन्देही सिद्धार्थनगर नगरपालिका—८ का ६० वर्षीय पुरुषको वैशाख २५ गते राति ११ः३० बजे मृत्यु भएको हो ।
यस्तै स्याङ्जा वालिङ नगरपालिका— ३ का ४५ वर्षीय संक्रमित पुरुषको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वैशाख २५ गते मृत्यु भएको हो भने प्रतिष्ठानमा नै पोखरा महानगरपालिका—१२की ३५ वर्षीया संक्रमित महिलाको वैशाख २५ गते राति ९ः०५ बजे मृत्यु भएको छ।

यसैगरी वैशाख २५ गते पोखराको मेडिप्लस अस्पतालमा उपचाररत पोखरा महानगरपालिका—९की ३१ वर्षीया संक्रमित महिलाको राति ११ः२२ बजे मृत्यु भएको छ ।
यस्तै म्याग्दी, मालिका गाउँपालिका ५ का ५८ वर्षीय पुरुषको वैशाख २४ गते साँझ ६ः१५ बजे तथा पोखरा महानगरपालिका—१९ का ५८ वर्षीय संक्रमित पुरुषको वैशाख २५ गते दिउँसो १ः ५४ बजे उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ ।
यस्तै पोखराको चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा स्याङ्जा गल्याङ नगरपालिका —३ की ६० वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

यस्तै गण्डकी मेडिकल कलेजमा उपचारत पोखरा महानगर—२की ५८ वर्षीया संक्रमित महिलाको वैशाख २४ गते साँझ ६ः२५ बजे र महानगर— २७ का ५२ वर्षीय संक्रमित पुरूषको विहान ८ः३० बजे मृत्यु भएको छ ।
यस्तै पर्वतको कुश्मा नगरपालिका—१३ का ४२ वर्षीयसंक्रमित पुरूषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा विहान ५ः०५ बजे मृत्यु भएको हो। यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६२ पुगेको छ ।
