• मंगलबार, असोज १३ २०८३

कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु


आइतबार, बैशाख २६ २०७८
530
Shares


कोरोना संक्रमणबाट कैलालीमा थप ६ जनाको मृत्यु भएको छ ।

सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल र धनगढीको निजी अस्पतालमा गरेर थप ६ जना संक्रमितको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–४ की ४५ वर्षीय महिला, वडा नम्बर १८ कि ५० वर्षीया महिला र कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ की ६० वर्षीया महिलाको शनिबार राति मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशिले जानकारी दिए ।

यस्तै, टीकापुर अस्पतालमा उपचाररत टिकापुर नगरपालिका–१ का ५० वर्षीय पुरूष र सोही नगरपालिकाका ५० वर्षकै पुरूषको मृत्यु भएको जोशीले बताए ।

धनगढीको एक निजी अस्पतालमा उपचाररत कैलालीको लम्किचुहा नगरपालिका–९ का ४३ वर्षीय पुरूषको पनि शनिबार राति मृत्यु भएको उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार