• मंगलबार, असोज १३ २०८३

नेपाली सेनाको सहयोगमा अक्सिजन प्लान्ट सञ्चालनमा


शुक्रबार, बैशाख २४ २०७८
545
Shares

काठमाडौं । अपरेटरको अभावमा सञ्चालन हुन नसकेको काभ्रेको नवज्योती अक्सिजन प्लान्ट नेपाली सेनाको सहयोगमा सञ्चालनमा आएको छ।

१ सय ५० क्युवीक मीटर क्षमताको यो प्लान्ट आजदेखि सञ्चालनमा आएको छ। दुई वटा प्लान्ट सञ्चालन भएपछि प्रतिदिन ४० लिटरका १ हजारदेखि १२ सय सम्म सिलिण्डर भर्ने बताइएको छ।

नेपाली सेनाले अक्सिजन ढुवानीमा समस्या परेमा सेनाको ट्रक समेत तयारी अवस्थामा राखेको सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले बताए। यसका लागि सिसिएमसीमा अनुरोध गर्नपर्ने समेत उनले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार