गोरखा । गोरखाको धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङ सहित सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


३ दिनअघि कोरोना परिक्षणका लागि पिसिआरको नमुना दिएका गुरुङको शुक्रबार संक्रमण पुष्टि भएको हो । हाल उनि होम आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको अध्यक्ष गुरुङले सिभिलखबरलाई बताए ।
त्यस्तै आजै उनिसहित धार्चे गाउँपालिकामा थप ७ जनामा संक्रमण देखिएको छ । जसमा ४ जना गाउँपालिकाका कर्मचारी र २ जना स्थानीय रहेको उनले बताए ।