• मंगलबार, असोज १३ २०८३

‘मिस यूनिभर्स’मा सहभागी हुन अमेरिका पुगिन् अंशिका


शुक्रबार, बैशाख २४ २०७८
520
Shares

काठमाडौं । ‘मिस यूनिभर्स नेपाल २०२०’की विजेता अंशिका शर्मा ‘मिस यूनिभर्स’को ६९ औं संकरणमा सहभागी हुन लागि अमेरिका पुगेकी छिन् ।

मे १६ मा फ्लोरिडास्थित सेमिनोल हार्डरक होटल एण्ड क्यासिनो हलिउडमा यो प्रतियोगीताको आयोजना हुँदैछ ।

अंशिकासँगै मिस यूनिभर्स नेपाल कार्यक्रमकी राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठ पनि अमेरिका पुगेकी छिन् । विश्वका ७४ देशका सुन्दरीहरुमार्फत छानिने २१ जनाले ताजका लागि प्रतिस्पर्धा गर्नेछन् ।

विश्वकै प्रसिद्ध ‘मिस युनिभर्स’को फ्रेन्चाइज नेपालमा भित्राएकी नग्माले सन् २०१७ को मिस युनिभर्समा नेपाललाई प्रतिनिधित्व गर्दै पहिलोपटक सहभागिता जनाएकी थिइन् ।

यस्तै उनले यसपटक आफ्नो तयारी पत्रकार सम्मेलन मार्फत कोरोना भाइरसको कारण सिर्जित अवस्थाले गर्दा गर्न नसकेको बताइन् ।

उनले अंशिकाको सहभागिता सम्बन्धी जानकारी सामाजिक संजालबाट गराउने पनि उललेख गरेकी छिन् ।

अंशिकाले देशको प्रतिनिधित्व गर्न पाउँदा आफू उत्साहित रहेको बताएकी छिन् । उनले आफू र आफ्नो टिमले सक्दो प्रयास गरेको पनि बताएकी छिन् ।

अंशिकाले प्रतियोगिताको पूर्व तयारीसँगै अद्भुत राष्ट्रिय पोशाकलाई विभिन्न सञ्चारकामाध्यम मार्फत सार्वजनिक गर्ने बताएकी छिन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार