काठमाडौं । सुनको मूल्य तोलामा एकैदिन एक हजार एक सय रुपैयाँले बढेको छ ।

बिहीबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ९१ हजार सात सय रुपैयाँ पुगेको छ ।
शुक्रबार तेजाबी सुनको मूल्य ९१ हजार दुई सय रुपैयाँ तोकिएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावल सुनको कारोबार मूल्य ९० हजार एक सय रुपैयाँ प्रतितोला थियो ।
यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ मात्रैले बढेको छ । हिजो १३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १३ सय ३० रुपैयाँ तोकिएको छ ।
