• बुधबार, साउन १३ २०८३

निषेधाज्ञामा यात्रु बोक्ने एम्बुलेन्सलाई प्रशासनले कारवाही गर्ने


शुक्रबार, बैशाख २४ २०७८
655
Shares

गोरखा । कोरोना संक्रमित बोक्ने एम्बुलेन्सले सामान्य यात्रु ओसारपोसार गर्ने गरेको पाइएमा जिल्ला प्रशासन कार्यालय गोरखाले कारवाही गर्ने जनाएको छ ।

शुक्रबार एक सूचना जारी गर्दै प्रशासनले बिरामी र बिरामी कुरुवा बाहेक अन्य यात्रू ओसार पोसार गरेको पाइएमा सम्बिन्धित एम्बुलेन्स संचालक, चालक तथा अन्य यात्रुलाई संक्रमक रोग ऐन, २०२० वमोजिम कैद तथा जरिवना हुने जनाएको हो ।

कोरोना संक्रमणको दोस्रो लहरको जोखिम उच्च रहेकाले अहिले जिल्ला भरी नै निषेधाज्ञा जारी गरिएको छ ।

निषेधाज्ञाको अवधीमा एम्बुलेन्सले संक्रमित बाहेक अन्य यात्रू बोक्ने गरेको बुझिन आएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

No photo description available.

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार