• बुधबार, साउन १३ २०८३

निःशुल्क रुपमा कोरोना परिक्षण गराउदै गोरखा नगरपालिका


शुक्रबार, बैशाख २४ २०७८
570
Shares


गोरखा । गोरखा नगरपालिकाले बढ्दो क्रममा रहेको कोरोना संक्रमणको दोस्रो लहरको जोखिमलाई मध्यनजर गर्दै निःशुल्क रुपमा वडा स्तरीय स्वाब संकलन सुरु गरेको छ ।

नगरपालिकाले बिहिवारदेखि बैशाख ३० गते सम्म प्रत्येक वडामा पुगेर नगरवासीको पिसिआरको नमुना संकलन गर्ने गरी सूचना सार्वजनीक गरेको थियो ।

कार्यालयले पिसिआरको नमुना संकलनका लागि कार्य तालिका नै सार्वजानिक गरेको छ ।

सोही अनुरुप पालिकाले पहिलो दिन वडा नम्बर ६,७, ८ ११ र १२ मा एक सय २१ जनको स्वाब संकलन गरिएको छ । यी मध्ये ४३ महिला र ७८पुरुष रहेका छन् ।

आज बैशाख २४ गते वडा नम्बर ८ मा आहाले स्थित नेपाल रेडक्रश सोसाइटीको उपशाखा भवनमा बिहान ११ बजे, वडा नम्बर १३ र १४ को गोरखकाली टायर उद्योग परिसरमा दिउँसो २ बजेदेखि नमुना संकलन हुने नगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक निश्चल अर्यालले बताए ।

२६ गते वडा नम्बर १ मा बिहान ११ बजेदेखि वडा कार्यालय नजिक शिवालय थानमा, वडा नम्बर २ र ४ को कोखे आहाले शहरी स्वास्थ्य केन्द्रमा दिनको १ बजेबाट स्वाव संकलनको काम सुरु हुने बताइएको छ ।

यसैगरी बैशाख २८ गते बिहान ११ बजेदेखि वडा नम्बर ३ को नारेश्वर स्वास्थ्य चौकीमा, वडा नम्बर ५ को पस्लाङ चौतारामा दिनको ३ बजेदेखि पिसिआरको नमुना संकलन कार्य हुने अर्यालले जानकारी दिए ।

त्यस्तै अन्तिम दिन बैशाख ३० गते वडा नम्बर ९ र १० को मनकामना बहिरा विद्यालयको गेट अगाडी बिहान ११ बजे र वडा नम्बर १० कै छेवेटार शहरी स्वास्थ्य केन्द्रमा दिनको २ बजेबाट स्वाव संकलन गरिने बताइएको छ ।

अस्पताल तथा स्वास्थ्य चौकीबाट फिबर पहिचान भएकाहरुको पनि स्वाब लिईनेछ । आफुलाई पाएक पर्ने जुनसुकै ठाउँमा पनि नगरबासीले स्वाब दिन सक्ने नगरपालिकाले जनाएको छ ।

सर्वसाधारण नागरिकको सजिलोका लागि वडा तहमा स्वाब संकलन गर्ने निर्णय गरिएको नगरप्रमुख राजनराज पन्तले बताए । यसरी १४ वटै वडाबाट संकलन भएको स्वावलाई नगरपालिकाले परिक्षणका लागि पोखरा पठाउने जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार