• मंगलबार, असोज १३ २०८३

बलात्कार आरोपमा फरार रहेका गोरखाका एक पुरुष बच्चा जन्मिएको तीन महिनापछि पक्राउ


शुक्रबार, बैशाख २४ २०७८
545
Shares

गोरखा । बलात्कार आरोपमा फरार रहेका गोरखाका एक पुरुष पक्राउ परेका छन् ।

गोरखा नगरपालिका वडा नम्बर ८ का ६५ वर्षिया तुलबहादुर थापाले २०७७ बैशाख ११ गते जंगलमा निउरो खोज्न गएकी १४ वर्षिया बालिकालाई बलात्कार गरेका थिए ।

थापालाई गोरखा प्रहरीले बिहिवार गोरखा नगरपालिका वडा नम्बर १३ मझुवा देउरालीबाट पक्राउ गरेको डिएसपी प्रकाश दाहालले बताए ।

बालिकालाई ललाई फकाई, प्रलोभन देखाई बलात्कार गरेको घटना २०७७ मंसिरमा मात्रै परिवारले थाहा पाएका थिए ।

बालिकाको पेटमा बच्चा रहेका थाहा पाएपछि बालिकाको बाबुले मंसिर २३ गते जिल्ला प्रहरी कार्यालयमा थापा बिरुद्ध जाहेरी दिएका हुन् ।

बालिकाको पेटमा ३० हप्ताको गर्भ रहेको र गर्भपतन गराउन नमिल्ने अवस्था भएको चिकित्सकले बताएपछि बालिकाले माघ ३० गते पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा छोरा जन्माएकी थिईन ।

अहिले भने उनी आफ्नै परिवारको संरक्षणमा छिन् । लामो समयदेखि गोरखा प्रहरीले पिडक थापाको खोजी गरेपनि पक्राउ गर्न सकेको थिएन ।

उनी भारत गएर बसेको र कोरोना संक्रमण र निषेधाज्ञाका समयमा उनी फर्कन सक्ने भन्दै प्रहरीले खोजी तिब्र बनाएको गोरखाका प्रहरी प्रमुख एसपी शेखर खनालले बताए ।

उनी बिरुद्ध गोरखा जिल्ला अदालतमा मुद्धा दायर भएको छ । थापाको स्वाब संकलन गरेर बुंकोट प्रहरी चौकीको हिरासतमा लगिएको छ ।

उनलाई कैद सजाया र बालिकालाई प्रतिबादीबाट क्षतीपूर्ती भराउने, राज्यबाट अन्तरिम क्षतीपूर्ती पनि उपलब्ध हुने कानुनी ब्यवस्था छ । प्रतिवादी थापा भुतपूर्व नेपाली सेना समेत हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार