काठमाडौं । अक्सिमिटर र सेनिटाइजर कालोबजारी गरेको आरोपमा प्रहरीले क्षेत्रपाटीबाट एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिरहा लहान२४ का २४ वर्षीय भगवानबाबु राय राजपुत छन्।
उनी क्षेत्रपाटीस्थित बिबिआर इन्टरप्राइजेजका सञ्चालक रहेको महानगरीय प्रहरी परिसरले जनाएको छ।
उनको इन्टरप्राइजेजबाट आठ थान अक्सिमिटर र १२४ ग्यालिन सेनिटाइजर बरामद भएको परिसरले जनाएको छ।
