• सोमबार, भाद्र २२ २०८३

आज नाै हजार बढीमा काेराेना संक्रमण, ५४ जनाकाे मृत्यु


बिहिबार, बैशाख २३ २०७८
710
Shares

गएको २४ घण्टामा नेपालमा ९ हजार ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

२१ हजार १४२ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन्। २० हजार ३६७ पीसीआर परीक्षणबाट ८ हजार ९७० तथा ७७५ एन्टिजेन परीक्षण गर्दा एक सय जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज ५४ जनाको निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो सँगै मृतकको संख्या ३ हजार ५२९ पुगेको छ।

यस्तै, आज २ हजार ७०७ जना निको भएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार